दैलेख जिल्ला कृषि उपज बस्तुहरुको उत्पादन हुने जिल्लाहरु मध्ये को एक हो । जिल्लाको विभिन्न गाउँ विकास समितिका विभिन्न स्थानहरुमा फरक फरक खालका कृषि बस्तुहरु उत्पादीत भइरहेको छ । विभिन्न स्थानहरुका फरक – फरक खालका कृषि उपज बस्तुको पकेट क्षेत्रको रुपमा हेरिएको पनि छ ।
सरकारी तथा गैरसरकारी संस्थाहरुबाट कृषकहरुलाई ब्यवसायीक कृषि खेती तर्फ आकर्षित गर्नको लागि नयाँ नयाँ कार्यक्रम हरु पनि ल्याइएको छ ।
नयाँ प्रविधिबाट ब्यबसाय सुरु गरेका कृषहरुको आर्थीक स्तरमा बृद्धि पनि भएको छ । तर कृषहरुले उत्पादन गरेको कृषि उपज बस्तुको उचित मुल्य नपाउने समस्या आज पनि ज्यूँको त्यूँ छ । कृषकहरु व्यवसायीक खेती तर्फ आकर्षित भईरहदाँ उनीहरुले उत्पादन गरेको कृषि उपज बस्तुको बजारीकरण लाई पनि ध्यान दिनु पर्ने आवश्यकता देखिएको छ ।
कृषकहरुले तरकारी उत्पादन तर्फ मात्रै सोचेर के गर्ने उनीहरुले उत्पादन गरेको कृषि उपज बस्तुको उचित मुल्यमा बिक्री वितरण गर्न सकेको खण्डमा उनीहरुको आर्थीक स्तर बृद्धि हुनुका साथै ब्यबसायीक खेती गर्नको लागी सहज हुने देखिन्छ । जिल्लामा उत्पाादन भएको आलु केही मात्रामा जिल्ला बाहिर जाने गरेको भएपनि प्रशस्त उत्पादन हुन सक्ने सम्भावना भएका क्षेत्रहरुका किसानहरुले अझै पनि उचित मुल्य नपाउन उत्पादित बस्तु कुहिएर खेर गइरहेको छ । यस्ता उत्पादन गरिएको कृषि उपज बस्तुहरुको बजारीकरणको लागि सम्बन्धित निकायहरुले पहल चाल्न सकेमा मात्र कृषक हरुको आय स्तर बृद्धिका साथै कृषकहरु ब्यवसायीक कृषि खेती तर्फ आकर्षिकत हुने देखिएको छ ।








